Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायल–हमास युद्धविरामपछि गाजावासीहरू घर फर्कन थाले

इजरायल–हमास युद्धविरामपछि गाजावासीहरू घर फर्कन थाले

शनिवार , आश्विन २५, २०८२

एजेन्सी । इजरायल र हमास लडाकु समूहबीच युद्धविराम घोषणापछि हजारौं विस्थापित प्यालेस्टिनी आफ्नो घर बस्तीमा फर्कन थालेका छन् ।

गाजा शहरबाट विस्थापित भएका हजारौं प्यालेस्टिनी परिवार दक्षिण गाजाबाट फेरि उत्तरतर्फ फर्किन थालेका हुन् । कतिपय विस्थापितहरू आफ्ना सरसामान बोकेर २० किलोमिटरभन्दा लामो पैदल यात्रा गरी उत्तरी गाजातर्फ फर्किरहेका छन् ।

इजरायली सेनाले युद्धविराम सम्झौता र बन्धकको फिर्तीको तयारीका लागि सैन्य कारबाही बन्द गरेको जनाएको छ ।

दुई वर्षसम्मको युद्धपछि गाजामा रहेका इजरायलका बाँकी बन्धकका परिवारमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको युद्धविराम कायम हुने आश जागेको छ ।

इजरायलले रिहा गर्ने योजना बनाएका दुई सय ५० जनासहित एक हजार सात सय प्यालेस्टिनी कैदीको सूची सार्वजनिक गरेको छ ।

युद्धविराम सम्झौताअनुसार हमासले दुई वर्षअघि भएको आक्रमणका क्रममा अपहरणमा परेका दुई सय ५१ जनामध्ये अझै पनि बन्धक बनाइएका ४७ जना जीवित र मृत व्यक्तिलाई हस्तान्तरण गर्नेछ ।

हमासको नियन्त्रणमा रहेका बन्धकहरु छिट्टै रिहा हुने छन् । बन्धकमध्ये २० जना मात्रै जीवित छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077