Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङमा बस र टिपर ठोक्किदा ११ जना घाइते

धादिङमा बस र टिपर ठोक्किदा ११ जना घाइते

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । धादिङमा बस र टिपर ठोक्किदा ११ जना घाइते भएका छन् ।

पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा दुर्घटना भएको हो ।

बिहानि करिब ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ ।

घाइतेहरुको अवस्था मध्यमदेखि सामान्य छ । दुर्घटनामा परेको बसको अगाडिको भागमा क्षति भएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077