Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

डा. निकोलस भुसालको दाबी - म गाँजा खाने होइन, गाँजा छुटाउने डाक्टर हुँ

डा. निकोलस भुसालको दाबी - म गाँजा खाने होइन, गाँजा छुटाउने डाक्टर हुँ

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौँ । बिहीबार माइतीघरमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका अभियन्ता डा. निकोलस भुसालले आफूले गाँजा सेवन नगरेको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूलाई योजनाबद्ध रूपमा फसाउने प्रयास भइरहेको आरोप लगाएका हुन् ।

भुसालले लेखेका छन्, “म सुरक्षित घरमा छु, कसैलाई पनि भ्रममा नपर्न आग्रह गर्छु। अघिल्ला पटकजस्तै अहिले पनि मलाई फसाउने प्रयास भइरहेको छ, मिडिया ट्रायल दोहोरिएको छ। म गाँजा खाने होइन, गाँजा छुटाउने डाक्टर हुँ।”

बिहीबार दिउँसो माइतीघरमा भएको प्रदर्शनका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार स्वास्थ्य परीक्षणका क्रममा भुसालले गाँजा सेवन गरेको रिपोर्ट आएको थियो । भुसाललाई परिवारका सदस्यको जिम्मामा सुधारगृहमा राख्ने सर्तमा रिहा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077