Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठक बिहीबार, देउवा सहभागी हुने–नहुने अनिश्चित

कांग्रेस पदाधिकारी बैठक बिहीबार, देउवा सहभागी हुने–नहुने अनिश्चित

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसले बिहीबारका लागि पदाधिकारी बैठक बोलाएको छ ।

पार्टीका अनुसार बैठकमा आगामी असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल हुनेछ ।

बैठक दिउँसो १ बजे ललितपुरमा बस्ने भनिएको छ, तर ठ्याक्कै स्थान भने सार्वजनिक गरिएको छैन।

पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको पहलमा बोलाइएको हो, यद्यपि उनले बैठकको जानकारी सबै पदाधिकारीसम्म अझै पूर्ण रूपमा पु¥याएका छैनन्

बैठकको नेतृत्व सभापति शेरबहादुर देउवाले गर्ने वा नगर्ने स्पष्ट छैन।

भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित देउवा निवासमा प्रदर्शनकारीले गरेको आक्रमणपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन्।

केन्द्रीय समिति बैठकमा पार्टीको संगठनात्मक स्थिति, आगामी निर्वाचन तयारी, सरकारको कामप्रति कांग्रेसको धारणा र जेन–जी आन्दोलनले उठाएका विषयप्रति पार्टीको प्रतिक्रिया जस्ता एजेन्डा छलफलमा आउने अपेक्षा गरिएको छ।

बैठकले असोज २६ को केन्द्रीय समिति बैठकलाई अन्तिम रूप दिने तयारी गर्दैछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077