एजेन्सी । हिमाचल प्रदेशको बिलासपुर जिल्लामा मंगलबार पहिरोमा बस परेपछि भएको दुर्घटनामा मृतकको संख्या १५ पुगेको छ । यसअघि यो संख्या १० जनासम्म बताइएको थियो ।
हिमाचल प्रदेशका उपमुख्यमन्त्री मुकेश अग्निहोत्रीका अनुसार बिलासपुर जिल्लामा एउटा निजी बस दुर्घटनाग्रस्त भएको हो । यस घटनामा १५ जनाको ज्यान गएको छ ।
१८ जनालाई उद्धार गरिएको छ, जसमा तीन जनालाई अस्पताल पठाइएको छ । बसमा कति जना सवार थिए भन्ने पुष्टि भइसकेको छैन, तर प्रारम्भिक अनुमान अनुसार २५–३० जना सवार रहेको बताइएको छ ।
मुख्यमन्त्री सुखविन्दर सिंहले यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन् ।