Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेन र सुदनविरुद्ध किटानी जाहेरी लिएर अनेरास्ववियुको टोली  प्रहरी परिसर काठमाडौंमा

मेयर बालेन र सुदनविरुद्ध किटानी जाहेरी लिएर अनेरास्ववियुको टोली  प्रहरी परिसर काठमाडौंमा

मंगलवार , आश्विन २१, २०८२

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र जेनजी अगुवा सुदन गुरुङलाई पक्राउ गर्न माग गरेको छ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत राज्यका महत्त्वपूर्ण निकाय जलाउनमा बालेन र सुधनको हात रहेको आरोप लगाउँदै उनीहरू किटानी जाहेरी लिएर पुगेका हुन्।

यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सुदनको समूह प्रहरी परिसर पुगेको थियो ।

त्यसैको प्रतिक्रिया स्वरुप एमाले अखिल प्रहरी कार्यालय पुगेको हो।

जाहेरी लिएर पुगेका मध्ये तीन जनालाई छलफलका लागि प्रहरीले भित्र बोलाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077