Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्युत् निर्यातबाट १५ अर्ब आम्दानी, दैनिक एक हजार मेगावाट विद्युत् निर्यात

विद्युत् निर्यातबाट १५ अर्ब आम्दानी, दैनिक एक हजार मेगावाट विद्युत् निर्यात

मंगलवार , आश्विन २१, २०८२

काठमाडौं । नेपालले अहिले औसतमा दैनिक एक हजार मेगावाट विद्युत् निर्यात गरिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । देशभित्रको माग पूरा गरेपछि बाँकी रहेको अतिरिक्त विद्युत् भारत र बंगलादेशमा बिक्री भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको छ ।

भारतको ऊर्जा बजार भारतीय ऊर्जा विनिमय (आईईएक्स) को डे–अहेड र रियल टाइम मार्केटमार्फत प्रतिस्पर्धी दरमा विद्युत् बिक्री भइरहेको छ । हरियाणा र बिहार राज्यमा द्विपक्षीय मध्यकालीन सम्झौतामार्फत पनि विद्युत् आपूर्ति भइरहेको छ ।

भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको प्राधिकरणले जनाएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ ९भारु०मा र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने भएकाले नेपालले दुवै मुद्रा आम्दानी गरिरहेको छ ।

हाल प्राधिकरणलाई भारत र बंगलादेश गरी एक हजार १६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति प्राप्त भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077