Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको ऊर्जामन्त्री भुसालको दाबी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा खपत हुन नसकेको विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको बताएकी छन् । उनले जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई आह्वान पनि गरिन् ।

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुनवल नगरपालिका–१३ मा निर्माण भएको २२०र१३२ केभी न्यू बुटवल सबस्टेसनको बिहीवार उद्घाटन गर्दै मन्त्री भुसालले भनिन्, ‘२ वर्षभित्र सबै ठाउँमा विद्युत्को पहुँच पुर्‍याउने योजनाका साथ सरकार अघि बढेको छ ।

अहिले सबै क्षेत्रले विद्युत् उपभोग गर्न सक्ने वातावरण बनेको छ, अहिले उत्पादन भइरहेको विद्युत् बर्खामा खेर जाने गरेको छ, यसका लागि अन्तर्राष्ट्रिय बजारमा व्यापार गर्नुपर्ने अवस्था छ ।’

मन्त्री भुसालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै गइरहेको र ऊर्जा संकट समाधान गर्न विद्युतीय उपकरणको प्रयोगमा जोड दिइन् । न्यू बुटवल सबस्टेसनको निर्माणले अब झ्यापझ्याप विद्युत् जाने समस्या समाधान हुने र गुणस्तरीय विद्युत् उपभोगमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077