Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सगरमाथाको तिब्बत क्षेत्रमा फसे हजार पर्वतारोही र पदयात्री

सगरमाथाको तिब्बत क्षेत्रमा फसे हजार पर्वतारोही र पदयात्री

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । सगरमाथाको दुर्गम तिब्बती स्लोपमा आएको हिमआँधीका कारण पहाडको पूर्वी भेगका शिविरहरूमा करिब एक हजार मानिसहरू फसेका छन् ।

चिनियाँ सञ्चार माध्यमले हिमालयमा असामान्य रूपमा भारी वर्षा हुँदा पदयात्रा गर्ने समूह फसेको जनाएको छ। ३५० जनालाई ग्वाङडोङ शहरमा लगिएको छ भने २०० भन्दा बढी पदयात्रीहरूलाई सम्पर्क गर्ने प्रयास भइरहेको छ।

उक्त क्षेत्र समुद्र सतहबाट चार हजार ९०० मिटरभन्दा माथिको उचाइमा छ । त्यहाँ पुग्ने बाटोमा थुप्रिएको हिउँ हटाउन सयौँ स्थानीय बासिन्दा र उद्धार टोलीहरूलाई परिचालन गरिएको छ ।

शुक्रबार साँझदेखि नै भारी हिमपात सुरु भएको थियो । यो क्षेत्र पर्वतारोही र पदयात्रीहरूका लागि लोकप्रिय मानिन्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077