काठमाडौं । काठमाडौं महानगर १४ वडाको पुरानो कालिमाटी बाफलस्थित कोहिनुर हाउजिङसँगैको मनुमति खोलाले क्षति पुर्याएको ठाउँमा सडक मर्मतको काम भइरहेको छ।
काठमाडौं महानगर प्रहरीहरू खोला किनारमा वाल लगाउने र सडक मर्मत गर्ने काममा जुटेका छन्।
शुक्रबार रातिदेखि परेको पानीका कारण मनुमति खोलामा बाढी आउँदा किनारको सडक नै भत्काएको थियो। त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा त्यहाँ बाँस, बोरा र ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास गरेका थिए ।
सडकसँगै जोडिएका घरसमेत जोखिममा परेका छन्।