Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रसुवामा बेपत्ता भएका भक्तपुरका ४ जनामध्ये, ३ जना एकै परिवारका

रसुवामा बेपत्ता भएका भक्तपुरका ४ जनामध्ये, ३ जना एकै परिवारका

आइतवार , आश्विन १९, २०८२

भक्तपुर । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुलेको छ।

गोसाइँकुण्ड- स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो। बेपत्ता हुनेहरूमा भक्तपुर नगरपालिका-१० काठमाडौं बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्र्षीया सनिता श्रेष्ठ रहेका छन्।

प्रहरी कार्यालय रसुवाका अनुसार भक्तपुरबाट १६ जनाको समूह लाङटाङ भ्रमणका लागि गएको टोली हिजो साँझ करिब ६ बजे बाढीमा परेका हुन्।

उनीहरू असोज १७ गते शुक्रबार राति ब्याम्बोस्थित होटलमा बसिरहेका थिए र हिजो लाङटाङतर्फ जाँदै गर्दा बाटोमा आएको बेरिङ खोल्साको बाढीले बगाएको थियो ।

संस्कृति, किशन र सनिता एउटै परिवारका रहेको सूर्यविनायक नगरपालिका-४ का वडाध्यक्ष लच्छुराम न्यौपानले जानकारी दिए। उनीहरू रामेछापबाट बसाइँसराइ गरेर दधिकोटमा बसोबास गर्दै आएको न्यौपानले बताए। उनीहरूको अवस्था अझै अज्ञात रहेको छ। उनीहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए।

बेपत्ताहरूको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्यका लागि अनुरोध गरिएको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077