Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

निजी कम्पनीले उपत्यकाभित्र उद्धारका लागि निःशुल्क हेलिकोप्टर उपलब्ध गराउने

निजी कम्पनीले उपत्यकाभित्र उद्धारका लागि निःशुल्क हेलिकोप्टर उपलब्ध गराउने

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकामा आपत्‌कालीन उद्धारका लागि निःशुल्क हेलिकोप्टर उपलब्ध गराउने भएको छ ।

शनिबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएर संघले काठमाडौं उपत्यकाभित्र हुने विपद्‌जन्य घटनामा संघका सदस्य हेलिकोप्टर कम्पनीले निःशुल्क उद्धार गर्ने जनाएको हो ।

संघले उद्धार कार्यमा समन्वय गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समन्वय अधिकारी तोक्न पनि आग्रह गरेको छ । ूसमन्वय अधिकारीको निर्देशनबमोजिम उद्धार कार्य गर्ने बेहोरासमेत यसै पत्रमार्फत जानकारी गर्दछौँ,ू पत्रमा भनिएको छ ।

पत्रमा देशका विभिन्न भागमा बाढी, पहिरो र विपद् व्यवस्थापनका सम्भावित अवस्थाको सामना गर्न हेलिकोप्टर कम्पनी तयारी अवस्थामा रहेको पनि उल्लेख छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077