Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोलिबाट सबै उडान रोक्ने घोषणा गरेका रामेश्वर थापालाई पक्राउ गर्ने तयारी

काठमाडौं । भोलिबाट सबै उडान रोक्ने घोषणा गरेका वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल गर्न नपाइने भएकाले अध्यक्ष थापालाई पक्राउ गर्ने तयारी गरेको हो । हवाई क्षेत्र अत्यावश्यक सेवा क्षेत्रमा पर्छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै वायु सेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको थियो ।

त्यसलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी दिएको थियो । वायुसेवा कम्पनीहरु र नागरिक उड्डयन प्राधिकरणको टसलले सर्वसाधारणले दुःख पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077