Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता : उडान नियमित, वार्ता जारी

काठमाडौं । वायुसेवा सञ्चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकार र वायुसेवा सञ्चालक संघबीच मध्यरातमा भएको वार्तापछि आन्तरिक उडान नियमित हुने भएको हो ।

आज बुधबारदेखि उडान बन्द गर्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका उनीहरूले आफ्नो कार्यक्रम फिर्ता लिएका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेका वायु सेवा सञ्चालकहरूले उडान नभर्ने घोषणा गरेका थिए ।

तर, दुवै पक्षबीच मंगलबार राति भएको वार्तामा उडान नियमित गर्ने सहमति भएको हो । प्रधानमन्त्री कार्यालयको पहलमा सरकार र संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापासहितको वायुसेवा सञ्चालकहरूको टोलीबीच मंगलबार राति वार्ता भएको थियो ।

मध्यरातमा वार्ता भएका कारण उडान बन्द नगर्ने बाहेक अन्य मागको विषयमा टुंगो नलागेको बताइएको छ। सरकारसँग बुधबार मध्याह्न पुनः वार्तामा बसी सबै विषय टुंगो लगाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077