Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौँ जाने सवारी चितवनमै रोकियो

काठमाडौँ जाने सवारी चितवनमै रोकियो

शनिवार , आश्विन १८, २०८२

चितवन । धादिङको जवाङ खोलामा खसेको पहिरोका कारण काठमाडौँ–पोखरा मुख्य राजमार्ग अवरुद्ध हुँदा काठमाडौँतर्फ गइरहेका सवारीसाधनलाई चितवनमै रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रामनगर क्षेत्रमा रोकिएका सवारीमध्ये काठमाडौँ जाने साधनलाई अगाडि बढ्न रोक लगाइएको छ भने पोखरतर्फ गइरहेका सवारीलाई मात्रै संचालनमा ल्याइएको छ।

निरन्तर वर्षाका कारण जवाङ खोलामा पटक–पटक पहिरो खसिरहेको छ।

आज बिहान पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि जोखिम कायमै रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077