Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • २० वर्ष चलेका गाडी हटाउन सम्भव छ ?

    २० वर्ष चलेका गाडी हटाउन सम्भव छ ?

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 789
    SHARES

    काठमाडौं । विदेशमा पुराना यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधन उमेरहदको सीमाभन्दा फिटनेस र इमिसन टेस्टुका आधारमा विस्थापित हुँदै आइरहेका छन् । नेपालमा भने प्रभावकारी ढंगले फिटनेस र इमिसन टेस्ट नहुने भएकाले उमेरहदका कारणले सार्वजनिक सवारीसाधन विस्थापित हुँदै आइरहेका छन् ।

    दुर्घटना र प्रदूषणको प्रमुख कारक रहेको भन्दै सरकारले २०७४ सालदेखि नै २० वर्ष नाघेका पुराना सवारीसाधनमाथि प्रतिबन्ध लगाउँदै आएको छ । युरोपेली मुलुक जर्मनीमा १० वर्षकै अवधिमा पुराना सवारीसाधन विस्थापित हुँदै आएका छन् । ती मुलुकले पुराना सवारीसाधन विस्थापित गरेर नयाँ खरिद गर्नेलाई प्रोत्साहन गर्ने नीति अंगीकार गर्दै आएका छन् ।



    नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीसाधनलाई यात्रुवाहक र मालवाहक तत्कालै विद्युतीयमा कन्भर्जन (रूपान्तरण) गर्न नसकिए पनि साना चारपांग्रेलाई भने गर्न सकिने पर्याप्त सम्भावना देखिन्छ ।



    पछिल्लो समय निजी क्षेत्रको ई९वाहन मोटोकर्प कम्पनीले पेट्रोलियम पदार्थबाट चल्ने साना चारपांग्रेलाई विद्युतीयमा रूपान्तरणका लागि अध्ययन गरिरहेको छ । मोटोकर्प कम्पनीले अहिले हाइलक्स गाडी र आइटेन कारलाई विद्युतीय सवारीका रूपमा रूपान्तरण गर्ने काम अन्तिम चरणमा पुयाएको छ । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार