Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

साँगामा एकैपटक ७ वटा सवारी साधन ठोकिए

काठमाडौं । काभ्रेपलाञ्चोकको साँगामा रोकिरहेको ट्यांकरमा ६ वटा सवारीसाधन ठोक्किएका छन् ।

बुधबार साँझ सडकको छेउमा रोकिरहेको ट्यांकरमा मोटरसाइकल, स्कुटर, दुई वटा कार, टाटाको योद्धा र ट्रक ठोकिएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठका अनुसार मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

साँगाको पुतली रिसोर्ट अगाडि हाईवेको साईडमा रोकी राखेको बा.प्र.-०१००३ क ९९४५ नं को ट्याङ्करसँग साँगाबाट बनेपा तर्फ आईरहेको बा.६३ प ७ नम्बरको मोटरसाइकल, बा.प्र.०२-०४४ प ०५७३ नम्बरको स्कुटी, सोही दिशाबाट आईरहेको बा. ७ च ४५३७ नम्बरको कार सोही ट्याङ्करमा गई ठोकिएको हो। यस्तै बा.प्र.-०१-०२६ च ९२३९ नम्बरको योद्धा गाडी कारमा गई ठोकिएको, बासीओ १२३ नम्बरको कार योद्धा गाडीमा गई ठोकिएको र ना.७ ख ५४१ नम्बरको मालबाहक ट्रक गई सोही कारमा गई ठोकिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी र ट्राफिक प्रहरी खटिएकाले थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077