Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंबाट धनगढी जान साढे १७ हजार, प्राधिकरण भन्छ - यो भन्दा बढी लिएमा कारवाही गर्छौं

काठमाडौंबाट धनगढी जान साढे १७ हजार, प्राधिकरण भन्छ - यो भन्दा बढी लिएमा कारवाही गर्छौं

शुक्रवार , आश्विन १७, २०८२

काठमाडौं । दशैं, तिहार र छठको भीडभाडमा हवाई टिकटको माग असामान्य रूपमा बढ्ने भएकाले यात्रुहरूलाई बढी शुल्क तिर्न बाध्य नबनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका अधिकतम भाडादर सार्वजनिक गरेको छ ।

प्राधिकरणले दशैंको टीकाको दिन (असोज १६) बाट लागू हुने गरी भाडादर तोकेको हो ।

यसअन्तर्गत सबैभन्दा महँगो काठमाडौं–धनगढी उडानको अधिकतम भाडा १७ हजार ५७९ रुपैयाँ तोकिएको छ भने सबैभन्दा सस्तो काठमाडौं–सिमरा उडानको भाडा ३ हजार ९७८ रुपैयाँ निर्धारण गरिएको छ।

प्राधिकरणले कुनै पनि वायु सेवा कम्पनीले तोकिएको भन्दा बढी रकम असुल गरेमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

यात्रुहरूको हित संरक्षणका लागि हरेक एयरलाइन्सलाई कडाइका साथ निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ ।

यता हवाइ भाडादर महँगो भएपछि दशैंमा नागरिकलाई सरकारको उपहार भन्दै सरकारको सामाजिक सञ्जालमा चर्को अलोचना भएको छ ।

हवाई माफियाको लुट तन्त्रलाई सरकारले बैधानिकता दिएको आरोप लागेको छ । सरकार स्टन्टमा रमाइरहेको पनि आरोप सामाजिक सञ्जाल प्रयोगकर्ताले आरोप लगाउन थालेका छन् ।

हेर्नुहोस्, कहाँको भाडा कति ?

May be an image of blueprint, ticket stub and text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077