Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इतिहासमै पहिलो पटक मुस्ताङ भन्सारमा दुई अर्ब भन्दा बढि राजस्व सङ्कलन

इतिहासमै पहिलो पटक मुस्ताङ भन्सारमा दुई अर्ब भन्दा बढि राजस्व सङ्कलन

बुधवार , आश्विन १५, २०८२

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले १४ दिनको अवधिमा दुई अर्ब दुई करोड ९६ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
गत ३१ भदौमा पूर्णरुपमा सञ्चालनमा आएको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले मङ्गलबार बिहानसम्म उक्त राजस्व सङ्कलन गरेको हो ।

यो भन्सार कार्यालयको इतिहासमै पहिलो पटक त्यति ठूलो अनुपातमा राजस्व सङ्कलन भएको राजश्व कार्यालयले जनाएको छ । त्यहाँ दैनिक औसत भन्सार राजस्व १३ करोड ६६ लाख बढी अनुपातमा राजस्व सङ्कलन गर्न सफल भएको देखिएको छ ।

यसअघि त्यहाँको भन्सार कार्यालयले बर्सेनि सीमापार गर्ने उपल्लो मुस्ताङका नागरिकले आयात गर्ने घरायसी मालवस्तु राजस्व १० देखि १५ लाखमै सीमित रहन्थ्यो ।

यसपटक बाढीपहिरो र नदी कटानका कारण रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा यहाँको नाकाबाट मालबस्तु तथा विद्युतीय सवारी आयात बढ्दो रहेको हो ।

सीमावर्ती स्थानीय नागरिकका लागि मात्रै सञ्चालनमा आएको कोरला नाका भन्सार विभागले पूर्णरुपमा सञ्चालनमा ल्याएसँगै कोरला नाकामा व्यापारिक चहलपहलसमेत ह्वात्तै बढेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077