Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वीरगन्जमा गत आर्थिक वर्षभन्दा ३३ अर्ब बढी राजश्व सङ्कलन

पर्सा । नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यपारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातामा सुधार भएसंगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा देखिएको छ ।

कोरोना संक्रमणको दरमा आएको कमीसंगै मुलुक भित्रको उद्योग व्यपारले गति लिएपछि यसको सकरात्मक प्रभाव उक्त कार्यालयको राजश्व सङ्कलनमा देखिएको हो ।

वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने विभिन्न बस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिना सम्ममा सङ्कलित राजश्वको तुलनामा चालु आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षको ७ महिनामा रु ८८ अर्ब ५० करोड ४८ लाख राजश्व सङ्कलन भएकामा चालु आवको सोही अवधिमा रु एक खर्ब २१ अर्ब ७२ करोड ८४ लाख राजश्व सङ्कलन गर्न वीरगन्ज भन्सार सफल भएको छ ।

यो गत आवको सङ्लित राजश्वको भन्दा रु ३३ अर्ब २२ करोड ३६ लाख बढी हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077