Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बारामा बसको ठक्करबाट मोटरसाइकलका सवार दुई जनाको मृत्यु, चार घाइते

बारामा बसको ठक्करबाट मोटरसाइकलका सवार दुई जनाको मृत्यु, चार घाइते

बुधवार , आश्विन १५, २०८२

बारा। बाराको जितपुर–सिमरा उपमहानगरपालिका-२२ स्थित चुरियामाईमा बुधबार बिहान बसको ब्रेक फेल भएर दुई मोटरसाइकल किच्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ८५३७ नम्बरको बस बिहान करिब १० बजे हेटौँडा-पथलैया सडकखण्डको उकालोमा पुग्दा अचानक ब्रेक फेल भएर ब्याक हुँदा पछाडिबाट आउँदै गरेका दुई वटा मोटरसाइकल किचेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बारा फेटा गाउँपालिका-१ भरवलियाका २५ वर्षीय मकेश्वर पटेल र पर्सा वीरगञ्ज महानगरपालिका-३१ बस्ने २६ वर्षीया कवितादेवीको मृत्यु भएको हो । दुवैलाई अस्पताल पुर्‍याउँदा दिउँसो १२ः१० बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

अन्य घाइते हुनेहरूमा मकेश्वर पटेलकी पत्नी २२ वर्षीया कलिता देवी, २० महिनाकी छोरी तानेया पटेल, अर्को मोटरसाइकलका चालक २७ वर्षीय कञ्चन कुमार पटेल र उनका ३ वर्षीय छोरा आयुष पटेल रहेका छन् । मकवानपुरस्थित सहकारी अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक सर्लाही लालबन्दी नगरपालिका–३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077