Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जात्रा हेरी घर फर्कीदै गरेकी महिलाको बसको ठक्करबाट मृत्यु

जात्रा हेरी घर फर्कीदै गरेकी महिलाको बसको ठक्करबाट मृत्यु

मंगलवार , आश्विन १४, २०८२

बैतडी। बैतडीमा बसको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका- १ दउनेबाज बस्ने जन्दाजी ३०-३२ बर्षिय भागरथी लुहार रहेकी छन् ।

दशरथचन्द राजमार्ग अन्तरर्गत बैतडीको दशरथचन्द नगरपालिका-१ गुरुखोला विद्यालय गेट नजीक महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको  छ ।

देहिमाण्डौ मेला हेरी घर फर्कीदै गरेकी लुहारलाइ सतबाँज बाट देहिमाण्डौ जादै गरेको बसले ठक्कर दिएको हो ।

बसलाइ प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077