Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ग्रेन्डर मेसिनले खुट्टा काटिएर एक जनाको मृत्यु

ग्रेन्डर मेसिनले खुट्टा काटिएर एक जनाको मृत्यु

मंगलवार , आश्विन १४, २०८२

झापा । ग्रेन्डर मेसिनले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको भद्रपुर नगरपालिका-१ का ३५ वर्षीय रमेश परियारको मृत्यु भएको हो ।

सोमबार साँझ परियारले आफ्नो घरमा राँगा काट्ने तयारी गरेका थिए । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेन्डरमा परेपछि उनी घाइते भएका थिए ।

घाइते परियारलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजमा ल्याइएको थियो । तर, अत्यधिक रक्तश्रावका कारण हिजो राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077