Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

सोमवार , जेठ २५, २०८३

एजेन्सी । दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ। सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पका कारण केही घर तथा भवनहरू भत्किएका छन् भने कम्तीमा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। अधिकारीहरूका अनुसार चार जना घाइते भएका छन्।

भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया, मलेसिया र जापानसहितका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ।

स्थानीय समय अनुसार बिहान साढे सात बजेतिर गएको यस भूकम्पको केन्द्रबिन्दु जमिनमुनि १० देखि ३५ किलोमिटर गहिराइमा रहेको जनाइएको छ। भूकम्पका कारण फिलिपिन्सको सारंगानी प्रान्त र जनरल सान्तोस सहर बढी प्रभावित बनेका छन्। त्यहाँ विद्युत् आपूर्ति र सञ्चार सेवा अवरुद्ध भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077