Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

टर्की भूकम्प : मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

एजेन्सी । टर्की र सिरियामा सोमबार बिहान गएको शक्तिशाली भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५ हजार नाघेको छ । यो संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।

टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या १२ हजार नाघेको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार हालसम्म टर्कीमा १२ हजार ३ सय ९१ जनाको मृत्यु हुनुका साथै ६२ हजार ९१४ जना घाइते भएका छन्।

सिरियामा मृतकको सङ्ख्या पुष्टि गर्न कठिन भइरहेको छ तर त्यहाँ ३ हजार भन्दा बढीको मृत्यु भएको सरकारी सञ्चारमाध्यम र सहायता संस्थाहरूले जनाएका छन् ।

सिरियाको स्वास्थ्य मन्त्रालयलाई प्राप्त सूचना अनुसार हालसम्म ३ हजार ४२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077