Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ट्राफिकले चेक‍ गरिरहेको सवारीमा मोटरसाइकल ठोक्किँदा युवकको घटनास्थलमै मृत्यु

दमक । झापाको कनकाई-१ दुर्गापुरमा पानी बोक्ने गाडीमा मोटरसाइकल ठोक्किएर युवकको घटनास्थलमै मृत्यु भएको छ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा गौरादह घर भएका कुमार दर्जी रहेका छन्।

बिहीबार बिहान ट्राफिकले चेकजाँच गरिरहेको सवारीमा आएर मोटरसाइकल ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ ।

पानी बोक्ने गाडी जाँच भइरहेको बेला उक्त मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077