Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजाका लागि अमेरिकी–इजरायली नयाँ शान्ति योजना सार्वजनिक, हमासलाई दबाब

गाजाका लागि अमेरिकी–इजरायली नयाँ शान्ति योजना सार्वजनिक, हमासलाई दबाब

मंगलवार , आश्विन १४, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाका लागि नयाँ शान्ति योजना सार्वजनिक गरेका छन् ।

सोमबार वाशिङ्टनमा पत्रकार सम्मेलन गर्दै दुवैले यसलाई ऐतिहासिक अवसर भन्दै हमासलाई तत्काल स्वीकार गर्न दबाब दिएका छन् ।

योजनाअनुसार, गाजामा जारी सैन्य कारबाही तुरुन्तै रोक्ने व्यवस्था छ। पहिलो चरणमा हमासले जीवित रहेका २० इजरायली बन्धक मुक्त गर्नुपर्नेछ भने मृत मानिएका करिब दुई दर्जन बन्धकका अवशेष ७२ घण्टाभित्र उपलब्ध गराउनुपर्ने शर्त राखिएको छ। यसको बदलामा इजरायलले सयौँ गाजावासीलाई रिहा गर्ने र मृतकका अवशेष फिर्ता गर्नेछ।

ह्वाइट हाउसले हमासलाई हस्तान्तरण गरेको २० बुँदे प्रस्तावमा गाजाको शासनमा हमासको कुनै भूमिका नहुने स्पष्ट गरिएको छ।

गाजाको अस्थायी शासन एक प्राविधिक, अराजनैतिक प्यालेस्टाइनी समितिले गर्ने प्रस्ताव छ, जसलाई ‘शान्ति बोर्ड’ नामक अन्तर्राष्ट्रिय संक्रमणकालीन निकायले पर्यवेक्षण गर्नेछ।

यस निकायको नेतृत्व ट्रम्पको टिमले गर्ने र बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरलगायतका अन्तर्राष्ट्रिय नेताहरू पनि सहभागी हुनेछन्।

राष्ट्रपति ट्रम्पले यो योजना “मध्यपूर्वमा स्थायी शान्ति स्थापनाको साहसी कदम” भएको बताए। उनले चेतावनी दिँदै भने, “हमासले योजना अस्वीकार गरे नेतान्याहूले जे निर्णय गर्छन्, अमेरिकाले पूर्ण समर्थन गर्नेछ।”

नेतान्याहूले पनि योजना अस्वीकार गरिए इजरायलले आवश्यक कदम चाल्ने चेतावनी दिए। बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मरले योजना स्वागत गर्दै सबै पक्षलाई सहकार्य गर्न आह्वान गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077