काठमाडौं । गत २३ र २४ भदौमा देशभर भएको जेनजी आन्दोलनबाट मुलुकलाई सामाजिक–राजनीतिक मात्र नभई आर्थिक दृष्टिले पनि गम्भीर असर पारेको छ ।
आन्दोलनका क्रममा भौतिक संरचना, व्यावसायिक प्रतिष्ठान र सवारीसाधनमा पुगेको क्षतिपछि हालसम्म २० अर्ब ७० करोड ३८ लाख रुपैयाँभन्दा बढीको बिमा दाबी दर्ता भएको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।
नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार हालसम्म १८ वटा निर्जीवन बिमा कम्पनीमा जम्मा १ हजार ९ सय ८४ वटा बिमा दाबी दर्ता भएका छन् ।
सबैभन्दा ठूलो क्षतिपूर्ति दाबी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँबराबरमा पुगेको छ ।
त्यसपछि सिद्धार्थ प्रिमियरमा ४ अर्ब ९३ करोड २२ लाख, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँबराबरको दाबी परेको प्राधिकरणले जनाएको छ । राजधानी दैनिकबाट