काठमाडौं । जेनजी आन्दोलनले एक किसिमको सत्तापलट भएको दुई साता पनि नबित्दै राजनीतिक दलहरू रवाफसहित बाहिर निस्किएका छन् ।
गत २३ र २४ भदौको आन्दोलनपछि आफ्ना कार्यालय तथा घर छाडेर निस्किएका प्रायः सबै दलका नेता संविधान दिवसको दिनसम्ममा सामाजिक सञ्जाल तथा भौतिक रूपमा आफ्नो कार्यक्षेत्र फर्किएका छन् ।
संसद् विघटन र अन्तरिम सरकार गठन भई नयाँ निर्वाचनको मिति घोषणा भएका बेला दलहरूले जेनजी आन्दोलनको अर्थ नभएको भन्दै पुरानै रवाफमा फर्किएका छन् ।
आन्दोलनमा जीवन गुमाएकाहरूको क्रियाकर्मसम्म नसकिएको र घाइतेहरू अस्पतालमै रहिरहेका बेला जेनजी आन्दोलनको भावनामाथि आक्रमण गर्दै प्रस्तुत भएका नेताहरूले पुनः शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’हरूको नाममा देवत्वकरण गर्दै आन्दोलन हुनुले झन् चिन्ता बढेको प्रतिक्रिया दिएका छन् । राजधानी दैनिकबाट