Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये १० जनाको अन्त्येष्टि मंगलबार गरिँदैछ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १० जनाको आज मंगलबार  पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जना गरी १० मृतकको अन्त्येष्टि गरिन लागेको हो ।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको अन्त्येष्टि भइसकेको छ। सरकारले मृतकहरूको अन्त्येष्टि राष्ट्रिय सम्मान दिएर गर्ने निर्णय गरिसकेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पनि मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णयसहित राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077