Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भारतको सिमलामा गाडी दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, २ जना घाइते

भारतको सिमलामा गाडी दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, २ जना घाइते

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार नेपालीको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। यस्तै एक भारतीयको पनि मृत्यु भएको छ। चालक जोगिन्दर सिंहको पनि ज्यान गएको भारतीय प्रहरीले जनाएको छ।

दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। तीन जना मृतक एकै परिवारका हुन्।

प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो। लक्ष्मी घाइते अवस्थामा अस्पताल पुर्‍याइएकी थिइन् तर उपचारका क्रममा उनको पनि मृत्यु भएको थियो। गम्भीर घाइते भएका अर्का यात्रु डिल्लीबहादुरलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पठाइएको थियो तर उपचारकै क्रममा उनको पनि मृत्यु भएको थियो।

घाइते भएका दुई जनालाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ।भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका अनुसार शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र मृतकका परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077