विराटनगर । विराटनगरस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा शव फेला परेको छ । सफाइ गर्ने क्रममा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो ।
जेनजी आन्दोलनका क्रमम विराटनगर स्थित भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड भएको थियो । सो क्रममा लुटपाट गर्न जानेमध्ये कसैको मृत्यु भएको हुन सक्ने मोरङ प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ ।
जेनजी आन्दोलन र प्रदर्शनका क्रममा देशैभरिका भाटभटेनी स्टोरमा आगजनी भएका थियो ।
आगजनीमा परि धरानमा ४ जनाको मृत्यु भएको थियो भने बौद्धस्थित चुच्चेपाटिमा ६ वटा शव फेला परेका थिए ।