Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पोष्टमार्टमका लागि ४६ शव टिचिङ अस्पतालमा पुर्‍याइयो

पोष्टमार्टमका लागि ४६ शव टिचिङ अस्पतालमा पुर्‍याइयो

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ४६ जनाको शव त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्ज पुर्‍याइएको छ । प्रदर्शनमा घाइते भई उपचारका क्रममा मृत्यु भएका व्यक्तिहरूको शव विभिन्न अस्पतालबाट टिचिङमा पुर्‍याइएको हो ।

अस्पतालको फोरेसिन्सक विभागका प्रमुख डा. गोपाल चौधरीले अस्पताल लगिएकामध्ये २५ जनाको शव पोष्टमार्टम भएको जानकारी दिए ।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो ।   प्रदर्शनका क्रममा हालसम्म देशभर ७२ जनाको मृत्यु भइसकेको छ ।  मृत्यु हुनेमा ५९ जना प्रदर्शनकारी, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जना छन् ।

यस्तै घाइते अवस्थामा रहेका १३४ जना प्रदर्शनकारी र ५७ जनाको उपचार भइरहेको छ । प्रदर्शनका क्रममा हजार बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077