Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुधन गुरुङको पत्रकार सम्मेलनमा एमाले कार्यकर्ताको घुसपैठ भएपछि कुटाकुट

सुधन गुरुङको पत्रकार सम्मेलनमा एमाले कार्यकर्ताको घुसपैठ भएपछि कुटाकुट

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । जेनजी समूहको नेतृत्वकर्ता एवं हामी नेपाल नामक गैरसरकारी संस्थाका सञ्चालक सुधन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ।

रिपोर्टर्सक्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङमाथि हातपातको स्थिति सृजना भएको हो।

एक पत्रकारले ७० वर्षको बालाई हटाएर ७३ वर्षको आमालाई ल्याएर कसरी परिवर्तन भयो ? ७३ जनाको बलिदान यहि ६ महिनाका लागि हो ? भन्ने प्रश्नमा सुदनले आक्रोषित हुँदै पत्रकारलाई जवाफ फर्काएका थिए।

गुरुङले उत्तेजित हुँदै पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि पत्रकार सम्मेलनमा भाँडभैलो भएको हो ।

पत्रकारहरूमाथि धम्कीपूर्ण भाषा प्रयोग भएपछि पत्रकारहरू पनि गुरुङमाथि खनिए । सो क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको हो ।

कसरी हुन्छ लफडा ?
सुधन मृतकको परिवारसँग बसेर रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति कार्यालयमा वार्ता चल्दाको वृत्तान्त सुनाइरहेका हुन्छन् ।

उनले पत्रकारहरुले सोधेका प्रश्नहरुको उत्तर पनि दिइरहेका हुन्छन् । यहि बीचमा एक जनाले सेध्छन्–‘ठूलो परिवर्तन भयो भन्नुभयो, आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुभएको छ । ५१ जना मान्छे मारेर ल्याएको परिवर्तन यो ६ महिने अन्तरिम सरकारका लागि हो ? प्रत्यक्ष कार्यकारीको मुद्दा कहाँनेर तपाईंहरुले कार्यन्वयन गर्न सक्नुभएको छ ? तपाईंहरुले सदन विघटन गर्नुभयो, त्यसको असर कहाँ पुगेको छ तपाईहरुलाई ?’

यसपछि सुधनले उल्टै सोध्छन्–‘कहाँसम्म पुगेको छ, हजुर नै भन्नु न त ।’

प्रश्नकर्ताले भन्छन्–‘अब केही पनि हुँदैन, छ महिनापछि तिनै नेता आउँछन् ।’ सुधनले भन्छन्–‘हामी फेरि आन्दोलन गर्छौ । आउनै दिन्नौं । नेताहरुलाई घरबाट निस्कनै दिन्नौं । ’

त्यसपछि निरन्तर बोलिरहेका उनले फेरि ‘एक छिन ल गाइज’ भन्दै थप्छन्–‘मैले मान्छे मारेको होइन नि त ।’

प्रश्नकर्ताको प्रश्नले सुधन रिसाउँछन् । चिच्याउँदै बोल्छन्–‘८० वर्षको इतिहासमा यो परिवर्तन भएको छ, के यो परिवर्तन होइन ? आगलागी हामीले गरेको हो ? हामीले सुरुवात होइन, अन्त्य चाहिँ गरिदिएको हो ।’

यसपछि प्रेसमिटमा हंगामा मच्चिन्छ । सबै मान्छे आ–आफ्नै सुरमा बोल्न सुरु गर्छन् । सुधन पोडियमबाट बाहिरिन्छन् ।

अहिले उक्त स्थानमा प्रहरी पुगिसकेको छ।

यसैबीच जेजनी आन्दोलन पनि नेपाली सेनाको मुख्यालय अगाडि जेनजी भन्दै पुगेका एमालेका एक कार्यकर्ता प्रेम लामा रिपोटर्स क्लव प्रवेश गरेर पत्रकारमाथि दुर्व्यवहार गरेपछि हात हालाहाल भएको थियो ।

उनलाई पत्रकार र जेजनीका युवाहरुले बाहिरसम्म लखेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077