Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौंमा रोकिएका यात्रुलाई गन्तव्यमा पठाएपछि मात्रै दशैंको टिकट बुकिङ खोलिने

काठमाडौंमा रोकिएका यात्रुलाई गन्तव्यमा पठाएपछि मात्रै दशैंको टिकट बुकिङ खोलिने

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ।

आज मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्नेसहित ६ बुँदे निर्णय गरिएको हो ।

उक्त समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा यातायात व्यवसायी राष्ट्रिय महासङ्घ अध्यक्षलगायत सरोकारवाला सहभागी हुनेछन्।

यस्तै बैठकले चाडपर्वको समयमा उपत्यकाबाट बाहिर जाने सवारीसाधनको प्राविधिक जाँच एवं आवश्यकतानुसार यात्रु सहायता कक्ष निर्माण गर्ने निर्णय पनि भएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए।

उनका अनुसार बैठकले वर्तमान परिस्थिति एवं चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुलाई सहजै गन्तव्यस्थलसम्म जानसक्ने गरी यातायातको व्यवस्थापन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत सरोकारवाला सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ।

उनका अनुसार दशैँको समय भएकाले पहिला काठमाडौंमा अड्किएकालाई गन्तव्यमा पुर्‍याएपछि मात्र दशैँको अग्रिम टिकट खोलिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077