काठमाडौं । जेनजी पुस्ताको आन्दोलनले चुनौती थपेपछि संसद्वादी विरासत बोकेका दलहरू पहिलो पुस्तालाई बिदाइ गरेर जनमत समेट्ने गृहकार्यमा जुटेका छन् ।
पटकपटक नेतृत्वमा रही सत्ता र शक्तिको दम्भ देखाएका कारण युवा जनमत भड्किएर जेनजी आन्दोलन निस्किएको आन्तरिक निष्कर्ष निकालेका दोस्रो र तेस्रो पुस्ताका नेताले जनभावनाअनुसार आफूलाई पुनर्गठन गर्ने संकेत दिएका छन् ।
जेनजी आन्दोलनमा ‘अकूत सम्पत्ति’ र ‘नेपो बेबी’का कारण सबैभन्दा धेरै आलोचित पात्रका रूपमा उदांगो पारिएका शेरबहादुर देउवा सभापति रहेको पार्टी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आत्मालोचना गर्दै माफी मागेका छन् ।
यसको स्पष्ट संकेत नेपाली कांग्रेसले मूल नेतृत्वबाट देउवा र उनको समूहको नेतृत्व बिदा गर्नेतर्फ संकेत गरिएको छ । राजधानी दैनिकबाट