Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सम्पत्ति र सम्पदा खरानी

राष्ट्रिय सम्पत्ति र सम्पदा खरानी

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौँ । ‘जेनजी समूह’ को नाममा मङ्गलबार भएको प्रदर्शनमा आगजनी र लुटपाट हुँदा काठमाडौँ उपत्यकामा रहेका मुख्य सरकारी भवनमा ठुलो क्षति पुगेको छ । आगजनीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेर नष्ट भएका छन् ।

प्रदर्शनका क्रममा मुलुकको सर्वोच्च संस्था राष्ट्रपतिको कार्यालय र प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयसहितका सरकारी भवनमा ठुलो क्षति पुगेको हो ।

महाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय, बालुवाटारस्थित प्रधानमन्त्रीनिवास, टङ्गालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, ललितपुरको भैँसेपाटीस्थित मन्त्री तथा प्रदेश प्रमुखहरूको आवास, नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन, रामशाहपथस्थित सर्वोच्च अदालत आगजनीबाट ध्वस्त भएका छन् ।

त्यसै गरी रामशाहपथमै रहेका महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिलको कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत, सहरी विकास तथा भवन विभागको कार्यालय, सडक विभागको कार्यालय आगजनीबाट ध्वस्त भएका छन् ।

यी कार्यालयमा रहेका कागजपत्र, ऐतिहासिक दस्तावेज, चल सम्पत्ति जलेर नष्ट भएका छन् । बबरमहलस्थित सहरी विकास तथा भवन विभागको केन्द्रीय कार्यालय परिसरमा रहेका छ वटा भवन आगजनी, तोडफोड र लुटपाटबाट क्षतविक्षत भएको विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिए । उनका अनुसार कार्यालय परिसरमा रहेका ५० वटा गाडीसमेत जलेर नष्ट भएका छन् । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077