Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान जोगाउन जुटे दल

संविधान जोगाउन जुटे दल

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । लोकतन्त्र, प्रगतिशील राजनीतिक परिवर्तन एवं संविधान जोगाएरै नयाँ राजनीतिक निकास निकाल्न राजनीतिक दलहरूले आह्वान गरेका छन् ।

जेनजी पुस्ताको आह्वानमा भएको आन्दोलनको प्रभावस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछिको रिक्तता छिटो अन्त्य गर्न दलहरूले यस्तो सुझाव दिएका हुन् ।

नेपाली कांग्रेसले संविधान र लोकतान्त्रिक बाटोबाटै जेनजी पुस्ताको भावनाबमोजिम अगाडि यात्रा तय गर्नमा तयार रहेको जनाएको छ ।

अहिलेको विषम र अस्थिर परि स्थितिबाट उठ्न सबै पक्षसँग आवश्यक परामर्श गरी वार्ता र संवादमार्फत निकास दिन कांग्रेसले आग्रहसमेत गरेको छ ।

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति, नेपाली सेनाले लिएको पहलकदमीको कांग्रेसले स्वागत गरेको छ । यस पहललाई जेनजी पुस्ताको भावनाबमोजिम नै निष्कर्षमा पु¥याउन आग्रह गरिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077