Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगजनीले सयौँलाई बनाउँदै छ बेरोजगार

आगजनीले सयौँलाई बनाउँदै छ बेरोजगार

बिहिवार , भाद्र २६, २०८२

काठमाडौँ । जेनजी प्रदर्शनको दोस्रो दिन मङ्गलबार आगजनी गरिएका दर्जनौँ व्यावसायिक प्रतिष्ठान बुधबार दिनभर पनि जलिरहे । खास गरी राजधानीसहित देशका मुख्य सहरमा रहेका भाटभटेनी स्टोरका आउटलेट बुधबार पनि जलिरहेका छन् ।

भाटभटेनीका दर्जन आउटलेटमा आगजनी मात्र भए पनि त्यसअघि तोडफोड र ठुलो मात्रामा लुटपाटसमेत भएको थियो । आटलेट परिसरमा रहेका एटिएम बुथबाट पैसा निकाल्ने प्रयास गरिरहेका भिडियो सामाजिक सञ्जालभर छाइरहे ।

मङ्गबार दिउँसोदेखि नै आगजनीमा परेको पाँचतारे होटेल हिल्टन बुधबार अबेरसम्म पनि आगलागी भइरहेकै अवस्थामा छ । थापाथलीस्थित कारका सोरुमहरू भने मङ्गलबार नै आगलागीबाट पूर्ण क्षतविक्षत अवस्थामा थिए ।

यसबाहेक मङ्गलबार राति राजधानीका धेरै पसल लुटपाटका सिकार बने जसमा सुन पसलदेखि इलेक्ट्रोनिक्स सोरुम र किराना पसलसम्म परे ।

व्यावसायिक प्रतिष्ठान जलिरहँदा त्यसको भौतिक क्षति अर्बौं हुन पुग्यो त्यससँगै हजारौँ रोजगारी पनि प्रभावित हुन पुग्यो । आन्तरिक रोजगारीमा समस्याका कारण लाखौँ नेपाली बाहिरिनुपर्ने बाध्यतालाई निजी क्षेत्रले कम गर्न भूमिका खेले पनि हिजोको आगजनीका कारण धेरै व्यक्ति बेरोजगार बन्नुपर्ने अवस्था आएको छ ।

समाचार तयार गर्दासम्म भाटभटेनी सुपरस्टोरका देशभरका कम्तीमा १२ वटा आउटलेटमा आगजनी र लुटपाट हुँदा दुई हजारभन्दा बढीको रोजगारी प्रभावित भएको देखिन्छ । पाँचतारे होटेल हिल्टनमा भएको आगजनीले दुई सयभन्दा बढीको रोजगारी खोसिन पुगेको छ ।

यसबाहेक देशभरका व्यावसायिक प्रतिष्ठानमा भएको आगजनीले सयौँको सङ्ख्यामा आन्तरिक रोजगारी गुमेको अनौपचारिक तथ्याङ्क आइरहेका छन् । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077