काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्।
काठमाडौँको टोखामा रहेको उनको घरमा प्रदर्शनकारी भेला भएर नाराबाजी गर्दै आगो लगाएका हुन्।
अहिले पनि प्रदर्शनकारीहरू भट्टराई घरअगाडि नाराबाजी गरिरहेका छन्। प्रत्यक्षदर्शीका अनुसार परिवारका सदस्यहरू हारगुहार गर्दै सामान ओसार्न थालेका छन्
सोमबार १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते हुनेगरी प्रहरीले दमन गरेपछि युवाहरू मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।