काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आगजनी भइरहेको छ । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । उनी भने बिहानै निवासबाट निस्किएको स्रोतले जानकारी दियो ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा विहानैदेखि कफ्र्यु घोषणा भएपछि आन्दोलनकारीले प्रशासनको आदेश अवज्ञा गर्दै ठूला ठूला प्रदर्शन गरेका छन् ।
मध्यान्ह १२ बजेसम्मको अवस्था आँकलन गर्दा अधिकांश ठाउँमा सुरक्षाकर्मीले नियन्त्रण गुमाएका छन् ।
प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ । हाल देउवा कहाँ छन् भन्ने खुलेको छैन ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन् ।