Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैंक तथा वित्तीय संस्थामा थुप्रियो १६ खर्ब ४९ अर्ब

बैंक तथा वित्तीय संस्थामा थुप्रियो १६ खर्ब ४९ अर्ब

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा ७२ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन भइ ५६ खर्ब ८ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी भएपछि तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई हम्मे हम्मे पर्न थालेको छ ।

बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७६ प्रतिशतमा र अन्तर बैंक कर्जा दर २ दशमलव ७५ प्रतिशतमा झरेपछि तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले तरलता प्रशोचन गरेको छ ।

अल्पकालीन ब्याजदर घट्नु, ऋण लगानी स्थिर रहनु र निक्षेप तीव्रगतिमा बढ्नु मौद्रिक असन्तुलनको संकेत हो । राष्ट्र बैंकले यस्ता असन्तुलनलाई रोक्न मौद्रिक औजारको सक्रिय प्रयोग थालेको छ

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्न नसक्दा उक्त रकम निष्क्रिय बन्न पुगेको तथ्यांक आएपछि तरलता प्रशोचन गर्ने गर्छ ।

बैंकहरुले कर्जा लगानी गर्न नसकेपछि सरकारी ऋणपत्र, विशेषगरी ट्रेजरी बिलमा बैंकहरूको प्रतिस्पर्धा बढेको छ । यही मौकामा सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले पनि आन्तरिक ऋण उठाउन प्रतिस्पर्धा गराएको छ ।

अल्पकालीन ब्याजदर घट्नु, ऋण लगानी स्थिर रहनु र निक्षेप तीव्रगतिमा बढ्नु मौद्रिक असन्तुलनको संकेत हो । राष्ट्र बैंकले यस्ता असन्तुलनलाई रोक्न मौद्रिक औजारको सक्रिय प्रयोग थालेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077