Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद् बहिष्कारमा रास्वपाको शतक !

संसद् बहिष्कारमा रास्वपाको शतक !

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौँ । प्रतिनिधि सभाको अवरोध र बहिष्कारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ कीर्तिमान बनाएको छ ।

एकै अधिवेशनमा सबैभन्दा लामो समयसम्म अवरोध र बहिष्कारको रेकर्ड यसअघि नेकपा एमालेले बनाएको थियो । एमालेको रेकर्डलाई रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले भङ्ग गरेका छन् ।

चालु अधिवेशनको जेठ १३ गतेबाट सुरु भएको अवरोध र बहिष्कारको सुरुवाती १८ दिन प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पनि साथ दिएको थियो । सत्तारूढ दलसँग भएको दुईबुँदे सहमतिपछि जेठ २९ बाट माओवादी केन्द्रले संसदीय कामकारबाहीमा भाग लिएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि समेत छानबिनको माग गरेर माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतले अवरोध सुरु गरेका थिए । जेठ १३ गतेयता रास्वपा र राप्रपाको अवरोध–बहिष्कार १०१ दिन पुगेको छ । वार्षिक बजेट पेसका दिन भने दुवै दल संसदीय कामकारबाहीमा सहभागी भएका थिए ।

संसद्को चालु अधिवेशन वैशाख १२ गतेबाट सुरु भएको हो । जेठ १३ बाट अवरोध गरिरहेको रास्वपाले असार ९ गतेबाट सभामा आफ्ना राखेर बहिष्कार गर्दै आएको छ । राप्रपाले भने सुरुवातदेखि नै बैठक बहिष्कार गरिरहेको छ । यसबिचमा प्रतिनिधि सभाको बैठक सङ्ख्या ६१ पुगेको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077