Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सरकारलाई शिक्षक महासंघको 'अल्टिमेटम' : साउन २१ सम्म शिक्षा विधेयक पारित नभए आन्दोलन गर्छौँ

सरकारलाई शिक्षक महासंघको 'अल्टिमेटम' : साउन २१ सम्म शिक्षा विधेयक पारित नभए आन्दोलन गर्छौँ

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । महासंघले साउन २१ गतेसम्म शिक्षा विधेयक संसदबाट पारित हुनुपर्ने माग गर्दै सरकारलाई अन्दोलनको चेतावनी दिएको हो ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भनिन्, 'सरकारले असार १५ भित्र शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाए पनि अहिले आएर षड्यन्त्रपूर्वक ढिलाइ भइरहेको छ ।'

उनले सरकारलाई इमानदार नभएको आरोप लगाउँदै थपिन्,'२९ दिन लामो आन्दोलनपछि सहमति भएको थियो। यदि साउन २१ भित्र विधेयक पारित भएन भने आन्दोलन अपरिहार्य हुन्छ ।'

महासंघले शिक्षा क्षेत्रको सुधार र शिक्षकको अधिकार सुनिश्चित गर्न गरिएको सम्झौतामा सरकारले पटक–पटक बेइमानी गरेको आरोप पनि लगाएको छ।

'हामीलाई आन्दोलनमा जान बाध्य नबनाइयोस्,'पराजुलीले भनिन्,'यदि हामी आन्दोलनमा जानुपर्‍यो भने त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ ।'

महासंघले आगामी आन्दोलनलाई चरणबद्ध, संगठित र देशव्यापी बनाउने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077