Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२० नेपालीलाई आममाफी दिएको छ ।

यूएईको आवुधावीस्थित नेपाली राजदूतावासका अनुसार विभिन्न कसुरमा यूएईको जेलमा रहेका नेपालीहरूलाई आममाफी दिइएको हो ।

ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले बाँकी सजाय मिनाहा गरी आममाफी दिएको बताइएको छ ।

राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा संयुक्त अरब इमिरेट्स सरकारले विभिन्न कसुरहरूमा यूएईको जेलमा रहेका १२० नेपालीहरूलाई बाँकी सजाय मिनाहा गरी आममाफी गरेकोमा नेपाली राजदूतावास, आवुधावी संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077