इटहरी । नेपालको सौन्दर्य सेवा क्षेत्रमा परिचित संस्था फेसियल हाउसले आफ्नो सेवा विस्तार गर्दै प्रदेश नं. १ को प्रमुख व्यापारिक केन्द्र इटहरीमा नयाँ शाखाको शुभारम्भ गरेको छ ।
शनिबार एक विशेष समारोहबीच इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरी, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, र फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ ब्यूटिसियन सुष्मा महराले संयुक्त रूपमा रिवन काटी नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
वरिष्ठ ब्यूटिसियन महराले भनिन्, “फेसियल हाउसले सात वर्षअघि झापाबाट सेवा आरम्भ गरेको थियो। यद्यपि, कोभिड महामारीका कारण केही समयका लागि सेवा रोकिएको थियो। अहिले हामीले पूर्वका सबै सेवाग्राहीलाई लक्षित गरी इटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएका छौं । सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो मूल उद्देश्य हो ।''
इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले इटहरीलाई सौन्दर्य सेवाको हब बनाउन फेसियल हाउसले पु¥याउने योगदानको सराहना गर्दै संस्थालाई सफलताको शुभकामना दिए ।
वडानं ६ का वडा अध्यक्ष दिवस पोख्रेलले फेसियल हाउसको सेवा र प्रभावबारे पहिले देखि जानकारी रहेको बताउँदै ईटहरीमा शाखा विस्तार गरेकोमा धन्यवाद ज्ञापन गरे ।
“राम्रो बन्ने चाहना सबैको हुन्छ। सौन्दर्य सेवा महिलाहरूको आत्मविश्वास र पहिचानसँग जोडिएको विषय हो। फेसियल हाउसले यहाँ शाखा विस्तार गरी महिला सशक्तीकरणमा सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु। नगरपालिकाले पनि महिलाहरूलाई ब्युटिसियन तालिम प्रदान गर्दै आएको छ, र यसलाई रोजगारीमा रूपान्तरण गर्नेजस्तो व्यवसायको उपस्थितिले थप उत्साह मिलेको छ,'' प्रमुख अतिथि उप–प्रमुख संगीता कुमारी चौधरीले भनिन् ।
फेसियल हाउस, इटहरी शाखाबाट ग्राहकहरूले हेयर केयर, स्किन केयर, स्किन टेस्ट, मेनिक्योर–पेडिक्योर, हाइड्रा फेशियल लगायतका अत्याधुनिक सेवा सुविधा एकै छानामुनि पाउन सक्नेछन्।
संस्थाले निकट भविष्यमा पूर्वाञ्चलका अन्य शहरहरूमा पनि सेवा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।