Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

केरुङमा अलपत्र ९१ नेपालीको चिनियाँ पक्षद्वारा उद्धार, हराएका ११ चिनियाँको खोजी तीव्र

केरुङमा अलपत्र ९१ नेपालीको चिनियाँ पक्षद्वारा उद्धार, हराएका ११ चिनियाँको खोजी तीव्र

शनिवार , आषाढ २८, २०८२

काठमाडौं । हालैको विनाशकारी बाढीले नेपाल–चीन सीमा क्षेत्र तहसनहस पारिरहँदा केरुङमा अलपत्र परेका ९१ जना नेपाली नागरिकलाई चिनियाँ प्रशासनले खान र बस्नको उचित व्यवस्था गरेको छ।

नेपाल फर्किन चाहने नेपालीलाई सुरक्षित मार्ग प्रयोग गरी स्वदेश फिर्ता गराउन गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा कुटनीतिक पहल सुरु गरिएको छ।

यसैबीच, बाढीमा परी ११ चिनियाँ नागरिक हराइरहेका छन् । उनीहरूलाई बाढीले नेपालतर्फ बगाएको आशंका गरिएको छ । शव पहिचानका लागि चिनियाँ नागरिकको विवरण संकलन गरी डीएनए परीक्षणमार्फत पुष्टि गर्ने प्रयास भइरहेको छ।

वेपत्ता नागरिकको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले भोटेकोशी र त्रिशूली नदीका दुवै किनारमा खोजी कार्य तीव्र बनाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077