Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

धरहराबाट झन्डै ५ करोड रुपैयाँ राजस्व संकलन

धरहराबाट झन्डै ५ करोड रुपैयाँ राजस्व संकलन

शनिवार , आषाढ २८, २०८२

काठमाडौं । धरहराबाट चार करोड ८३ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन भएको छ ।

गएको मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा चार करोड ८३ लाख ६५ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

२०७२ सालको भूकम्पले पूर्णरूपमा क्षति पुगेपछि पुनर्निर्माण भएर सञ्चालनमा आएको धरहराबाट चार करोड ८३ लाख ६५ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा दुई लाख ६२ हजार पाँच सय ५५ जनाले धरहराको अवलोकन गरे ।

हप्ताको एक दिन बुधवार बन्द हुनेबाहेक अन्य दिन दैनिक झन्डै एक हजार दुई सय जनाले धरहरा चढ्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077