बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल उद्योगको भट्टीमा विस्फोट भएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार, बुधबार राति करिब सवा ९ बजे उक्त भट्टीमा विस्फोट भएको हो ।
फलाम पकाउने भट्टीमा ठुलो आवाजसहित विस्फोट भएको बताइएको छ ।
भट्टी कसरी पड्कियो र यसबाट भौतिक तथा मानवीय क्षति के–कति भयो भन्नेबारे जानकारी आउन बाँकी छ ।