काठमाडौं । एनसेलले अब ९७१ बाट शुरू हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ ।
साउनको दोस्रो साताभित्रै नयाँ सिम वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्जका नम्बर वितरण गर्न अनुमति प्रदान गरेको थियो ।
प्राधिकरणले एनसेलका लागि जारी गरेको ९८०, ९८१, ९८२, ९७० नम्बर रेन्ज अपुग भएकोले नयाँ नम्बर रेन्ज प्रदान गरिएको हो ।
यो नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (नेशनल नम्बरिङ् अलोकेशन प्लान)को नियम अनुरूप जारी भएको हो ।